काठमाडौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनलाईन मार्फत यौन ब्यवसाय सञ्चालन गर्ने गिरोहका नाईकेहरुलाई पक्राउ गरेको छ ।
बिभिन्न स्थानहरुबाट सामाजिक संजालको प्रयोग गरी यौन ब्यवसाय सञ्चालन गर्ने भुम्लु गाउँपालिका ४ काभ्रेका सुरेशकुमार श्रेष्ठलाई काठमाडौंको लाजिमपाटबाट र काठमाडौं कलंकीका सुरज खड्कालाई कलंकीबाटै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
थप अनुसन्धान र आवश्यक कारबाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।
याे पनि - अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरु पक्राउ
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google