काठमाडौँ । विभिन्न देशबाट खेलाडीहरूलाई नेपाल ल्याएर ठमेलको छाया सेन्टरस्थित वाल्डो क्यासिनोमा अवैध जुवा खेलाउने गिरोह नै पक्राउ परेको छ । श्रीलंका, भियतनाम, कम्बोडियाबाट २०० जना खेलाडीहरू नेपाल ल्याएर ठमेलको छाया सेन्टरस्थित वाल्डो क्यासिनोमा अवैध जुवा खेलाउने भारतीय गिरोहका नाइकेसहित ६ जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने ६ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
प्रहरीका अनुसार पक्राउपर्नेमा काठमाडौँकी ४० वर्षीया भवानी पाण्डे र सुनसरीकी ३६ वर्षीया चिजा खड्का रहेका छन् । यसरी नै प्रहरीले ४ जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ । जसमा दिल्ली रोहिणीका ५७ वर्षीय सुरेश महाजन भनिने सतपाल, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय दिनेश बर्मा र ३१ वर्षीय विक्रम सिंह छन् । भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।
सुरेशले पछिल्लो २ दशकदेखि क्यासिनो इभेन्ट सञ्चालन तथा दिल्लीमा घरजग्गा कारोबार गर्ने गरेको खुलेको छ । इभेन्टका नाममा विभिन्न प्रविधि जडान गरेर आफैँले बोलाएका खेलाडीको ठुलो रकम हारजित गराउने योजना उनको रहेको प्रहरीको भनाइ छ ।नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजी कार्य भइरहेको समेत उनले बताए । क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री प्रहरीले बरामद गरेको छ ।
बिपी एन्ड महाकाय ग्रुपअन्तर्गत क्यासिनो प्लेयर्स २५ मंसिरमा मात्र करिब ७० जना नेपाल आएका थिए भने सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरूसमेत सामेल हुँदा जम्मा करिब २०० जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।
जुवा खेल्न आउनेहरूका लागि हवाई टिकटदेखि खाना र बसोबासको सम्पूर्ण व्यवस्था महाजनले नै मिलाएको देखिएको उनले बताए । जुवामा हुन्डीमार्फ कारोबार हुने तथ्यसमेत प्रहरीले फेला पारेको छ । क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google