काठमाडौं । अमेरिका पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठले चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भनी पन्ध्र लाख रुपैँया लिएर फरार भएको प्रहरीले जनाएको छ ।
अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति चालीस लाख रुपैँया लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाई दिन्छु, मासिक तीन लाख तलब हुन्छ भनी बिश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु पन्ध्र लाख रुपैँया रकम लिएको बताइएको छ ।
थप अनुसन्धानको तथा कारबाहीको लागि उनीहरुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)
































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google