प्रहरीका १८ जना एसएसपी र १७ एसपीको सरुवा, काे कहाँ ?

दर्पण दैनिक १२ माघ २०८१,०७:५८
post

काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रवार एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा विश्व अधिकारीलाई ल्याइएको छ । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । काठमाडौँमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतलाई सरुवा गरिएको छ । उपत्यका  कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । 

एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन् । 

नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ । भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ । 

उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा  श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ । नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ ।

सूची याे लिंकमा https://www.nepalpolice.gov.np/media/filer_public/6f/dd/6fdd4544-1ccf-44fe-9e44-b9e34c38a957/4244.pdf


१७ एसपीको सरुवा

त्यस्तै, नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले ३ महिनाअघि चितवनमा गएका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् । 

दुर्गाराज रेग्मीलाई नुवाकोट, राजन लिम्बुलाई चितवन, सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।  सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।

 

सूची याे लिंकमा https://www.nepalpolice.gov.np/media/filer_public/6c/7d/6c7df2d5-55fa-41e7-a80c-db3e67a160e6/4246.pdf

 

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५