प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

दर्पण दैनिक १४ फाल्गुन २०७९,१९:२७
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् ।

यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् । मानवअधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । तर अब उनको भ्रमण नै रोकिएको छ । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतार जाने कार्यक्रम छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७