काठमाडौं । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा घनश्याम उपाध्याय बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो ।
रिक्त एक सचिव पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए ।
जसमा उपाध्ययलाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको हो । उपाध्याय हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छन् ।