प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न प्रचण्डलाई ओलीकाे आग्रह

दर्पण दैनिक ७ जेष्ठ २०८०,१२:५६
post

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन् । 

'यो नीति तथा कार्यक्रमको मिसन छैन,' प्रधानमन्त्री प्रचण्डलाई उनले भने, 'प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् ।'  अध्यक्ष ओलीले सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन आफूहरू तयार रहेको पनि बताए ।

'यो फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् । हामी नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन तयार छौँ,' उनले भने, 'देशको अर्थतन्त्रलाई अगाडि बढाउने खालको नीति तथा कार्यक्रम ल्याउनुस् ।'
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७