
काठमाडाैं । सहकारी ठगी गरेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा तामाङ दम्पतीलाई नै दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले आइतबार यो मुद्दामा फैसला सुनाएको हो । विशेष अदालतले तामाङ दम्पतीका छोरीहरूलाई भने सफाइ दिएको छ । यही मुद्दामा सिभिल सहकारीका पूर्वअध्यक्ष केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन् ।
अदालतले उनीहरूलाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण भएको छैन । सजाय निर्धारण गर्न २१ माघका लागि पेसी तोकिएको छ । तीन वर्षभन्दा धेरै सजाय हुने मुद्दामा अर्को पेसीबाट सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार अर्को पेसी तोकिएको हो ।
सिभिल सहकारीमा ठगी गरेपछि तामाङमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी मुद्दा चलाएको थियो । तामाङ २०७० मा एमालेबाट समानुपातिकमा संविधानसभा सदस्य बनेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google