यस्ताे छ, उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र

दर्पण दैनिक १ चैत्र २०७९,११:५१
post

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक गरेको हो ।

संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य)का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र छ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ । उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदार छन् ।

अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ ।

मतपत्रमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ ।

यद्यपि यादवले आफ्नो उम्मेदवारी झिकेर जसपाकै यादवलाई समर्थन गरिसकेकी छिन् ।

तर दिएको समयभित्रै उम्मेदवारी नझिकेका कारण यादवको समेत नाम नमूना मतपत्रमा समावेश गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७