
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् । माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।
प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले जनाएका छन् । यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।
सूची
- नारायण प्रसाद ढुङ्गाना
- रमेश प्रसाद गुरागाई
- ओम कुमारी पौडेल
- सावित्री कुमारी अधिकारी
- कल बहादुर नाथ
- लाले कुमाल
- युवराज शाह
- रामलाल पराजुली
- वाशुदेव शर्मा
- खडक योगी
- अविनाश वाइवा
- रमेश प्रसाद घिमिरे
- पवित्र बहादुर शाही
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google