काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
उनीहरुको पदस्थापन समेत भइसकेको छ । मिरा चौधरी कार्य विभागमा, सन्दीप भण्डारी मानव श्रोत विभागमा, टेकबहादुर तामाङ अपराध अनुसन्धान विभागमा र सुदिप गिरी प्रदेश समन्वयमा पदस्थापन भएका छन् ।