
काठमाडौं । नेपाली महिलाहरुको पर्व हरितालिका तीज नजिकिदै छ । सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ । हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज विशेष मौलिक गीत 'नाच्ने आजै हो' सार्वजनिक भएको छ ।
'नाच्ने आजै हो' गीतलाई नेत्रबन्धु मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । मौलिक तीज गीत 'नाच्ने आजै हो' मा परम्परागत रुपमा महिलाहरुले मनाउदै आएको कुरा अवगत गराउदै विगतका वर्षहरुमा कसरी तीज मनाईन्थो भन्ने कुराहरुलाई चित्रण गर्न खोजिएको छ । यस गीतमा तडक भडक नभई मौलिकता पनि झल्किएको पाईन्छ ।
तीज गीत 'नाच्चे आजै हो' मा चर्चित गायिका मनमाया वाईवाको स्वर रहेको छ भने नेत्रबन्धु पोख्रेलको शब्द, शेषनारायण पोख्रेलको संगीत, हेमराज डाँगीको एरेञ्ज तथा मिक्सिङ रहेको छ । सामुहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलले साथ दिएका छन् । सो गीतको भिडियो सुरज खनालको निर्देशन, नविन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन, विनोद बमको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोखरेल, डा.विदुर वस्तीको अभिनय रहेको छ भने बाल कलाकारतर्फ सृष्टी पोख्रेल र आराभ पौडेलले अभिनय गरेका छन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























.jpeg)






प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google