तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड : झरना रिसाललाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड

दर्पण दैनिक २६ चैत्र २०८०,१६:४७
post

काठमाडौं । लोकप्रिय मोडल तथा अभिनेत्री झरना रिसाललले तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० बाट सम्मानित भएकी छन् । आवाज इन्टरनेशनलसँगको सहकार्यमा शनिबार भ्वाइस अफ नेपालको हल धुम्बाराहीमा सम्पन्न अर्वाड वितरण तथा सम्मा कार्यक्रममा रिसाललाई सर्वोत्कृष्ट अभिनेत्री (मोडल) को अवार्ड प्रदान गरिएको हो । विगत लामो समयदेखि अभिनयको क्षेत्रमा सक्रिय रिसाललाई ‘छुरा धस्ने बानी रै छ’ गीतले अर्वाड दिलाएको हो ।

अशोक पोखरेलद्वारा निर्मित ‘छुरा धस्ने बानी रैछ’ गीतको भिडियोमा कलाकारद्वय झरना रिजाल र मोहन नेपालीको जोडदार अभिनय रहेको छ । यस गीतमा चर्चित गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने रमेश एमके पौडेलको शब्द रहेको छ ।

शनिबार पूर्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न ५४ विधामा अवार्ड वितरण गरिएको थियो । चर्चित लोकदोहोरी गायक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुप्रसिद्ध उद्घोषक शशी शर्मा मजगैयाँले गरेका थिए । कार्यक्रममा संगीत रत्न शम्भुजीत बासकोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । बासकोटालाई पूर्व मन्त्री पोखरेलले २१ हजार १२१ रुपैयाँ नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा बासकोटाको योगदानको कदर गर्दै उनलाई दीर्घ साधना सम्मान गरिएको आयोजकले जनाएको छ । विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा बासकोटाले अतुलनीय योगदान पुर्याएको भन्दै उनकोे उच्च प्रशंसा गरिएको थियो । यस्तै नव प्रतिभा खोजी पत्रकारिता सम्मान सञ्चारकर्मी भोजराज थापालाई प्रदान गरिएको थियो। नेपाली सञ्चार क्षेत्रमा पछिल्लो पुस्ताका सक्रिय थापाले सञ्चार कर्ममार्फत नवोदित कलाकारहरुलाई प्रोत्साहित गरेको भन्दै सम्मान पत्रद्वारा पुरष्कृत गरिएको थियो।

अन्तर्राष्ट्रिय संगीत सम्मान जेनिशा गौतमलाई प्रदान गरिएको छ भने युवा प्रतिभा सम्मान २०८० बाट अंश बर्मालाई सम्मानित भएका छन्। यस्तै बहु प्रतिभाशाली अवार्ड टंक बुढाथोकी र सिर्जनशील उद्यमशीलता तर्फ दीपक कार्की सम्मानित भएका छन् ।

कार्यक्रममा बाग्लुङ कालिका ट्रष्का प्रमुख कुमार खड्का ,कलाकार लक्ष्मण श्री, संगीतकार रामु खड्का,गीतकार तथा गायक शान्त शिशिर लगायतलाई विभिन्न सम्मान गरिएको थियो । यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायकतर्फ प्रमोद खरेलले अवार्ड प्राप्त गरेका छन् भने गायिकातर्फ समीक्षा अधिकारीले अवार्ड प्राप्त गरेकि छिन्। यस्तै सर्वोत्कृष्ट संगीतकारबाट रोसिन सिंहको पोल्टामा अवार्ड पर्यो भने गीतकार तर्फ हरिभक्त बुढाथोकीलाई अवार्ड प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट क्यामेरापर्सन (सिनेम्याटोग्राफर) बाट जितु तामाङ सम्मानित भएका छन् भने लोक पप निर्देशनतर्फ बिक्रम चौहान सम्मानित भएका छन् । सर्वोत्कृष्ट लोक दाहोरी मोडल पुरुषतर्फ बिमल अधिकारी सम्मानित भए भने महिलातर्फ एलिना रायमाझी सम्मानित भएकी छन् । सर्वोत्कृष्ट आधुनिक पप गायकको अवार्ड टेक विसी र गायिकातर्फ एलिना चौहानले पाएका छन्। यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा कमल विसी माल्दाई सम्मानित भए भने गायिका तर्फ लक्ष्मी खड्का सम्मानित भएकी छन् ।


सर्वोत्कृष्ट थारु गायकतर्फ रोशन रत्गैया र गायिकातर्फ अञ्जु कुश्मी, मोडल पुरुष तर्फ मुकुन्द जिसी र महिलातर्फ कविता राय सम्मानित भए । देउडा गायनतर्फ सर्वोत्कृष्ट गायकको अवार्ड नरेश बिबिसि र गायिकातर्फ रेखा जोशीले अवार्ड हात पारेका छन् भने युगल गायनतर्फ सन्तोष सुनार र अनु चौधरीले सर्वोत्कृष्ट गायनको अवार्ड पाएका छन् ।
यस्तै पब्लिक च्वाइसतर्फ मोडल बिक्रम बुढाथोकीले अवार्ड हात पारे भने नव आधुनिक गायकमा हर्क गहतराजले अवार्ड पाउन सफल भएका छन्। नव आधुनिक गायिकातर्फ सिमरन परियार, संगीतकारमा निरप्रसाद गुरुङ र गीतकारमा नारायण श्रेष्ठले अवार्ड पाउन सफल भए ।


यसैगरी सर्वोत्कृष्ट आधुनिक मोडेलको पुरुषतर्फको अवार्ड विजय दोङ र महिलातर्फ गिता ढुंगानाले हात पारेका छन् भने नव आधुनिक मोडल पुरुष तर्फ रमेश विश्वकर्मा र महिलामा कुसुम शर्माले उपाधि हात पार्न सफल भएका छन् । सर्वोत्कृष्ट आधुनिक गीत निर्देशक विकास प्रसाईं, आधुनिक पप एरेञ्जरको उपाधि विशाल निरौला र भिडियो सम्पादनतर्फ लक्ष्मण चौहान सम्मानित भएका छन्। यस वर्षको सर्वोत्कृष्ट गीतका लागि उर्गेन दोङ, लोकदोहारी संगीतकार अनिश दवाडी र गीतकारतर्फ रेखा खरेल र पप गायकको अवार्ड हिमाल श्रेष्ठले र नव पब्लिक च्वाइसतर्फ अवार्ड सञ्जु पाठकले प्राप्त गरे।

७ विधामा प्रदान गरिएको जुरी अवार्ड सांगीतिक क्षेत्रका १५ स्रष्टालाई प्रदान गरिएको छ। जसमा सर्वोत्कृष्ट आधुनिक गायकतर्फ गोविन्द मधुर आचार्य, संगीतकारतर्फ सुवास कार्की र गीतकारमा शिव पौडेललाई सम्मानित गरिएको छ । यस्तै नव आधुनिक गायकतर्फ सुजनबाबु गुरुङ, गायिकामा रोजिना बस्नेत, संगीतकारतर्फ नेहार बुढाथोकी र मोडल महिलातर्फ संगीता शाहीले प्राप्त गरे। जुरी तर्फको सर्वोत्कृष्ट आधुनिक निर्देशकमा सिर्जन बराल र आधुनिक पप एरेञ्जरको अवार्ड खेमराज गौतमले प्राप्त गरे।

सर्वोत्कृष्ट लोकदोहोरी संगीतकार तर्फ जुरि अवार्ड ऋषि खड्काले पाएका छन् । यस्तै नव मोडल इन्करेजमेण्ट अवार्ड पुरुषतर्फ रमेश बस्नेत र महिलातर्फ केलिना सिजवाल र नब सगितकार तर्फ टेक राज ओझा भने गितकार तर्फ बिकाश थापा र सर्वोत्कृष्ट ड्रेस डिजाइनरको अवार्ड शुक्निता चौंलागाईंले प्राप्त गरिन् ।


वरिष्ठ लोक गायिका चन्द्रकला शाह, वरिष्ठ लोक गायक तथा मादल बादक खर्क बहादुर बुढा,अग्रज गायिका रमिला पाख्रीन तामाङ, गीतकार बि पान्डे, रापती समाज काठमाडौंको अध्यक्ष तथा उपन्यासकार सीमा पुरी, गीतकार राधा पाण्डे ,जनवादी गायक टेक बहादुर बलम्पाकी ,समाजसेवी बलिभद्र राना, विवेक श्रेष्ठ लगायत सयौंको संख्यामा स्रष्टा सर्जक तथा कलाकारको उपस्थिति रहेको कार्यक्रमको सम्योजन संगीतकार तथा गीतकार सुनिल बिसिले गरेका थिए ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९