काठमाडौं । नेपाल सांस्कृतिक महासंघमा आवद्ध २० जना कलाकर्मी सम्मानित भएका छन् । बुधवार महासंघको १८ औँ स्थापना दिवस एवम् राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले ति कलाकर्मीहरुलाई सम्मानित गरे । जसमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गङ्गाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरी लगायत रहेका थिए ।
कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर देखाएको कार्यक्रम विभिन्न नृत्य लगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासङ्घका सभापति तिर्थ थापाले नेपाल सांस्कृतिक महासंघप्रति नेपाली कांग्रेसले हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन नेपाल सांस्कृतिक महासंघका महामन्त्री तथा हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google