काठमाडाैँ । संचारकर्मी जीबी लामाको निर्देशन र छायाँकनमा रहेको 'तिमिले दिएको' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लामा छायाँकन र निर्देशन मात्र नभई पत्रकारितामा पनि सक्रिय रहँदै आएका छन् ।
'तिमीले दिएको' गीतमा शब्द नारायण प्रसाद राई , संगीत सुमन राई , एरेन्ज राजु कार्कीले गरेका छन् ।
सुमन मगरको स्वर रहेको गीतमा कलाकारहरु शेशुका राई/मुस्कन राई/अनुषा राईको प्रतिभा देख्न सकिन्छ ।
अर्मन गुरुङको कोरियोग्राफ, अनिल कुमार महर्जनको सम्पादन रहेको भिडियोलाई निर्देशक जीबी लामाले कलात्मक ढंगबाट प्रस्तुत गरेको बताए ।