काठमाडौं । बाह्रौँ संस्करणको ‘नेपाल्स लिटिल आईकन, २०२३’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । प्रतिस्पर्धामा जुनियर गल्र्स समूहतर्फ आरोही लोहोनी, सिनियर गल्र्स समूहतर्फ बिशेषता महत, टीन गल्ससमूहतर्फ मिलन केसी र ब्वाइज समूहतर्फ आयश ज्ञवालीले प्रतियोगिताको शिर्ष ताज आफ्नो हातमा पार्न सफल भए ।
आरोही लोहनीले शिर्ष ताजसँगै पब्लिक चोईस, मस्ट फोटोजेनिक र फेसबुक चोईस अवार्ड हात पार्दा रिजु सुनुवारले मिस पर्फेक्ट अवार्ड जिते। दिनिका पुडासैनीले सेकेन्ड रनर अपसँगै ब्यूटीफूल आईज, अंकिता मरासेनी थर्ड रनर अप र बेस्ट स्पीच, चाँदनी उप्रेती फोर्थ रनर अपसंग र मस्ट डिसिपिलिन, प्रतिभा भट्ट मस्ट पपुलर र मस्ट चार्मिङ, चाहना क्षेत्री पब्लिक चोईस र बेस्ट डान्स अवार्ड विजेता घोषित भए ।
सिनियर गल्र्ससमूहतर्फ बिशेषता महतले शिर्ष ताजसँगै बेस्ट पर्सनालिटीको अवार्ड हात पारिन भने फस्र्ट रनर अप दिव्याश्री ढुंगाना घोषित भईन । सुप्रिया फुयालले सेकेन्ड रनरअप र जस्मिन श्रेष्ठले थर्ड रनरअपहात पारिन ।
यस्तै ‘टीन गर्ल्स’ समूहतर्फ मिलन केसीले शिर्ष ताजँंगै विधागत तर्फको मस्ट ब्यूटिफुल र मस्ट डिजर्भिङको अवार्ड हात पारिन भने सबिशा उप्रेती सेकेन्ड रनर अप भइन् ।
सुमी बानियाँको कोरियोग्राफीमा भएको प्रतियोगिताको ब्वाईज समूहतर्फ आयंश ज्ञवालीले शिर्ष ताजसँगै विधागत तर्फको मस्ट कन्फिडेन्ट, बेस्ट आर्टवर्क र फेसबुक चोईसको अवार्ड हात पार्न सफल रहे। प्रज्वल खतिवडाले फस्र्ट रनर अपसँगै मिस्टर र्याम्पवाक र बेस्ट स्पीच, कृतज्ञ नेपालले सेकेन्ड रनर अपसँगै पब्लिक चोईस र मस्ट ट्यालेन्ट, सुहान थापा मगरले मस्ट पपुलर र बेस्ट सिङ्गिङतर्फको अवार्ड हात पारे ।
प्रतियोगितामा शिक्षाविदहरु भवानी प्रसाद पौडेल,निरोज महर्जन, हरिकृष्ण श्रेष्ठ, वरिष्ठ संचार व्यबसायी तथा एडि रिलिजका प्रमुख हरिशरण सुवेदी, समाजसेवी रिंकु बज्राचार्य श्रेष्ठ निणार्यक मण्डलमा रहेका थिए ।