‘नांगो गाउँ’ मा साम्राज्ञी र कर्मा

दर्पण दैनिक १० फाल्गुन २०७९,०८:०५
post

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्मा अनुबन्धित भएका छन् । निर्माण टिमले साम्राज्ञी र कर्मासँग सोमबार कागजी सम्झौता गरेका हुन् । उनीहरूले चलचित्रमा आफूहरूको भूमिका मन परेर जोडिएको बताएका छन् । निर्देशक लामाले भने, ‘मलाई साम्राज्ञी र कर्मासँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुरेको छ ।’ 

साम्राज्ञी र कर्माले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यसअघि चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अनुबन्धित भइसकेका छन् । साम्राज्ञी र कर्मा अनुबन्धित भएसँगै कलाकारको लाइनअप पूरा भएको छ । आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहने छ । मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । हिमाल शर्माको लगानी रहेको चलचित्र काभ्रेमा खिचिने छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: