काठमाडौं । गायिका प्रविशा अधिकारीको आवाज रहेको ‘परिचय ! एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
नमिता दवाडीको शब्द तथा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।
भिडियोले पुरूष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रोलिंगी ‘एलजिबिटिक्युए’ हरूको अस्तित्वको खोज र जीवन संघर्षको विषयलाई प्रस्तुत गर्न खोजिएको छ ।
समाजमा तेस्रोलिंगीले भोग्नुपरेको पीडा र हेयको दृष्टिलाई मध्येनजर गरेर गीतको भिडियो तयार पारिएको छ ।
सार्वजनिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डा. रमिल अधिकारी र कविता रेग्मीको अभिनय छ ।
प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् ।
विकाश दाहालले सम्पादन गरेको गीतको मिडियोमा तेस्रोलिंगीको अवस्थालाई देखाउन खोजिएको छ ।
भिडियाे लिंक : https://youtu.be/RW0WFuKUdWs