काठमाडौँ । चर्चित कन्नड तथा तेलुगु टीभी अभिनेत्री पवित्रा जयरामको कार दुर्घटनामा परी मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पवित्रा बेंगलुरुबाट हैदरावाद जाँदै गर्दा उनी सवार कार आइतबार राति १ बजे महबुबनगर जिल्लानजिक दुर्घटनामा परेको हो ।
अनियन्त्रित बनेको कार पहिले डिभाइडरमा ठोक्कियो र त्यसपछि बसले पनि उनको कारलाई ठक्कर दिएको थियो । पवित्राको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका काका र चालक गम्भीर घाइते भएका छन् ।
पवित्राले कन्नड टीभी उद्योगको सिरियल ‘जोकाली’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । १९१८ मा उनले तेलुगु टीभी उद्योगमा ‘निन्ने पेल्लादथा’ शोबाट डेब्यु गरेकी थिइन् । उनले टिभी सिरियल तिलोत्तमाबाट घरघरमा चर्चा पाएकी थिइन्। पवित्रा धेरै कन्नड टेलिभिजन शृंखलाका लागि परिचित थिइन् । साथै उनले धेरै भाषाका टीभी शो र फिल्ममा पनि काम गरेकी थिइन् ।