काठमाडाैं । यही शुक्रवारबाट प्रदर्शनमा आउने झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई मंगलवार ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । अब सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची चलाएको छैन ।
एक दर्जन धार्मिक संस्थाले फिल्मको शीर्षकमा विरोध जनाएपछि सेन्सर प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
चलचित्र विकास बोर्डको मध्यस्थतामा धार्मिक संस्था र निर्माताबीच आइतबार शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको थियो ।
यो फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ