काठमाडौं । गायक मनोज थापा र गायीका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा आनन्द गुरुङ र चाहना मगरको अभिनय रहेको छ ।
मनोज कार्कीको सम्पादन गरेको भिडियोलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक थापाको स्वरमा रहेको जारी फिल्मको ‘रीत’ बोलको गीत दर्शकस्रोता माझ लोकप्रिय छ ।