
काठमाडाैं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् । सौराहामा आयोजित विवाह समारोहमा दुवैको परिवार र निकट आफन्त एवं साथीभाई मात्र उपस्थित छन् ।
अभिनेत्री पन्तले ‘शुभ विवाह’ क्याप्सनका साथफेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।
६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।