मिस युनिभर्स नेपालकाे विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न

दर्पण दैनिक २७ जेष्ठ २०८१,१८:४६
post

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमूना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियर सम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो । 

कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म–विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् । आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरेकी थिइन् । 

कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिरा जोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरुले बताए ।

जोशीले विद्यार्थीहरूको आत्म–प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन् । उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म–विश्वास, सृजनात्मकता, र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ ।

७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।   

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९