काठमाडौं । करिना कपुर, तब्बु र कृति सेननको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘क्रु’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यस फिल्मले तीन दिनमा घरेलु बक्स अफिसमा ३२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
गत शुक्रबारबाट रिलिज भएको ‘क्रु’ ले पहिलो दिन १०.२८ करोड ओपनिङ गरेको थियो । त्यसैगरि, शनिबार १०.८७ करोड भारु कमाउँदा आइतबार १०.३० करोड भारुको व्यापार गरेको भारतीय मिडियो कोइमोइले उल्लेख गरेको छ ।
राजेश कृष्णनको निर्देशन रहेको एकता कपुर र रीया कपुरको प्रोडक्सनमा बनेको हो । यस फिल्ममा करिना, तब्बु र कृतिसहित दिलजित दोसाँझ र कपिल शर्मा लगायतको अभिनय छ । राजेशकै लेखन रहेको फिल्मले तीन विमान परिचारिकाले अचानक सुन फेला पारेपछि त्यसलाई पचाउने कथालाई समेटेको छ ।