‘निफ’को जुरीमा नेपालबाट अभिनेत्री प्रियंका र बलामी

दर्पण दैनिक १९ माघ २०७९,१२:२७
post

काठमाडाैं । आउँदो चैत २ देखि ६ गते (मार्च १६-२०)सम्म हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'(निफ)को जुरी कमिटीमा दुई जना नेपाली कलाकर्मी मनोनित भएका छन् । निफको जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचरतर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।

निफमा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ। ‘निफ’मा एक दर्जनभन्दा बढी रचनात्मक कार्यक्रमसमेत आयोजना गरिने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: