‘खुर्सानीलाई बियाँ’ सार्वजनिक (भिडियो)

दर्पण दैनिक २४ जेष्ठ २०८१,२१:२५
post

काठमाडौँ । राजन राज सिवाकोटी र सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।  सिवाकोटीकै संगीत रहेको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द छ । 

भिडियो प्रचण्ड पौडेल र प्रसन्न पौडेलले संयुक्त निर्देशन गरेका छन् । भिडियोमा यशराज गराच, सुरज प्रजा, अनिशा न्यौपाने र समारिका ढकालले अभिनय छ ।

युमी बलामीको कोरियोग्राफी रहेको भिडियो निशान पौडेलले छायाङ्कन गरेको हुन् भने राजुजङ्ग बस्नेतले सम्पादन गरेका छन् । भिडियो भेल्भेट भाईब्स इन्टरटेन्मेन्ट प्रोडक्शनले निर्माण गरेको हो । भिडियोका निर्माता प्रकाश हमाल हुन् ।

भिडियाे लिंक : https://youtu.be/4rNAXkc8xMQ?si=Q9MZiBau6gjnO_f-

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: