‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा

दर्पण दैनिक ११ असार २०८१,१२:२७
post

काठमाडौं । उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४' आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम आजैदेखि खुला गरेको जनाएको हो ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने– ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् ।’

उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा रहेका छन् ।

पत्रकार सम्मेलनमा पेजेन्ट तथा शो डाइरेक्टर प्रशान्त ताम्राकारले प्रतिभावान तथा क्षमतावान युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उमंग क्रिएसनले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस ग्राण्ड इन्टरनेशनल’ को यो नेपाल फ्रेन्चाइजीको नारा ‘ब्रेभ, बोल्ड एण्ड ब्यूटिफुल’ राखेको छ ।

यो भव्य सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक युवतीहरुले यही असार ३१ गतेभित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । १९ वर्षदेखि २९ वर्ष उमेर समुहका अविवाहित तथा कम्तिमा पाँच फिट तीन इन्च अग्ला युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्, यद्यपि त्यसका लागि आयोजक संस्थाले निर्धारण गरेका नियम तथा शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

मिस ग्राण्ड नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी अगामी अगष्ट २४ ९भदौ ११ गते० का दिन आयोजना हुनेछ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले क्राउन अनभिलिङ गर्ने बताइएको छ । यसपटक अपाला ज्वेल्सले मिस ग्राण्ड नेपालको क्राउन तयार पार्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि उमंग क्रिएशनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने छ । तियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनले अघिल्लो वर्ष आयोजना गरेको मिस यूनिभर्स नेपाल २०२३ का विजेता तथा मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै विश्व प्रसिद्ध हुन सफल जेन दिपिका ग्यारेट पनि सहभागि भइन् । उनले ‘मिस ग्राण्ड नेपाल २०२४’ मा सहभागि भएर आफू भित्र भएको प्रतिभालाई उजागर गर्ने मौकालाई सदुपयोग गर्न युवतीहरुलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा द ब्यूटी बारकी प्रवन्ध निर्देशक तथा आयोजक संस्थाकी सदस्य इच्छा कार्की तथा अपाला ज्वेल्सकी स्टोर मेनेजर दिक्षान्सु कार्की उपाध्यायले ‘मिस ग्राण्ड नेपाल २०२४’ को प्रभावकारिताका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

'मिस ग्राण्ड नेपाल २०२४’ लाई बिग बेल एडुटेन्मेन्टले व्यस्थापन गर्नेछ भने आइडियाजवक्सले स्ट्राटेजी पार्टनरको रुपमा सहभागितन जनाएको छ । द हिमालयन टाइम्स प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको छ भने स्पेस पार्टनरले रेम वक्र्स, ब्यूटी पार्टनरलमा द ब्यूटी बार, वेलनेस पार्टनरमा ट्रान्क्विलिटी स्पा, टेलिकम पार्टनरमा नेपाल नेपाल टेलिकम तथा मिडिया कोर्डिनेटरमा कलाकर्मी डटकम रहेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९