काठमाडौं । सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन् । बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन् ।
हाल उनीहरू जुहुमा सँगै बसिरहेका छन् । दुई छोराका पिता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेद गरे पनि उनीहरू छोराहरूका कारण बेलाबेला भेटघाट गर्छन् ।