कर्णालीको कथामा ‘रेलको बाटो’ फिल्म निर्माण घोषणा

दर्पण दैनिक १६ श्रावण २०८२,१३:३६
post

काठमाडौँ । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालि र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्म लक्ष्मण सुनारले निर्देशन गर्ने छन् । निर्माण युनिटले फिल्मको एक थिम पोष्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरेको हो । पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र मुनि ‘प्रधानमन्त्रीको ज्युलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ । उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देशको सङ्केत गर्छ ।’

फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । फिल्ममा संगीत सुरज पण्डितले तयार पार्नेछन्, छायाङ्कन निसाल पौडेलले गर्नेछन् । पोस्टरमा देखिएको ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक सङ्केत गर्छ । निर्देशक सुनारका अनुसार, फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाउनेछ । कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू फिल्मको मुख्य कथा भएको सुनारले बताए ।

फिल्म यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायाङ्कन गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको छ। हाल पटकथा अन्तिम चरणमा रहेको र कलाकारको टुङ्गो चाँडै लाग्ने निर्माण पक्षले जानकारी दिएको छ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: