काठमाडौं । फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा भारतीय अभिनेत्री ऐश्वर्या राय चाँदीको पोशाकमा पुगेकी छिन् । उनको शैली र पहिरनले कान्समा विश्व मिडियाको ध्यान तानेको छ ।
लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन् । सोफी कउचरका अनुसार उक्त गाउन चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हो ।
यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याबाहेक भारतीय सेलिब्रिटी साराअली खान, उर्वशी रौतेला र मानुषी छिल्लर लगायत हिंडेका छन् ।