
हो म दलालहरूले जन्माएको मान्छे हुँ ।
हो म दलाल भ्रष्टाचारी र देश बेच्ने विरुद्ध
ज्वालामुखी भएर मातृभूमि नेपालको
मकैबारीमा जन्मेको काँइलीको छोरो हुँ म।
हो म काइलीको छोरा हुँ दलाल भ्रष्टाचारी र देश बेचुवाहरूको विरुद्ध गोमन साँप हुँ म ।
देशलाई कंगाल बनाएर विदेशमा लगानी गर्ने,
भ्रष्टाचारी दलालहरुको फाइल उतार्ने,
कलियुगको सच्चा देशभक्ति काइलीको छोरो हुँ म ।
देश बेच्ने भ्रष्टाचारीहरूका लागि
एटम बम जस्तै भएर,
चोर डाकुँहरुको अन्तिम संस्कार
गर्न मकैबारीमा जन्मेको
काइलीको छोरो हुँ म ।
खोलानाला, प्राकृतिक सम्पत्ति र ,
नेपालीलाई भुटानी शरणार्थी बनाएर
बेच्ने दलालहरूको ठेगान लगाउन
मकैबारीमा जन्मेको काईलीको छोरो हुँ म ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google