काठमाडौं । धनगढीमा प्रादेशिक खुल्ला डेउडा प्रतियोगितामा सम्पन्न भएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजना तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रबर्द्धनमा माघ २० गते देखि २२ गते सम्म सञ्चालित प्रतियोगितामा सम्पन्न भएको हो ।
गायक सूर्यविरही साउदका अनुसार सो डेउडा प्रतियोगितामा धनेश्वरी रेग्मी समूह प्रथम, रामारोशन साँस्कृतिक समूह अछाम द्वितीय, हस्तना बिक समूह तृतीय भएका छन् । त्यस्तै कर्णाली प्रदेश लम्कीसमुहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । तीन दिनसम्म चलेको डेउडा प्रतियोगिताको मुल्यांकनमा स्रष्टा सर्जक हेमन्त विवश, राजेन्द्र शाह ‘बिपी’ र डम्मर शर्मा बडु थिए ।
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीको सभापतित्वमा भएको समापन समारोहमा संबिधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानी, बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथको पनि विशेष उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा अहोरात्र खटिने संस्थाका सम्पुर्ण पदाधिकारी सदस्य गायक साउदले धन्यवाद दिएका छन् ।