काठमाडौं । ‘विशाल इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत आज एउटा गीत रिलिज भएको छ, जसको बोल छ, ‘रेलैमा रेलैमा, मुसुक्क हासिँदेउ जाने बेलैमा ।’
यो गीत एक वर्षअघि सार्वजनिक भएको ‘धनगढीको बसमा’ बोलको गीतको तेस्रो संस्करण हो । गीतमा समीक्षा अधिकारी, अमृत सापकोटा र पूजा देवकोटाले स्वर दिएका छन् । गीतको भिडियोमा दुई नवोदित गायिकाहरु समीक्षा अधिकारी र कमला घिमिरेलाई देख्न सकिन्छ ।
सार्वजनिक ‘धनगढीको बसमा ३’ मा समीक्षा र कमलाले दिदीबहिनीको भूमिका निर्वाह गरेका छन् । गीतमा समीक्षा र कमलाबाहेक टिकटकर मिस पबी, बसन्त न्यैपाने र गोविन्द भट्टराई पनि फिचर्ड छन् । नेत्र अर्यालको शब्द रहेको गीतलाई कजिस श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।
‘धनगढीको बसमा’ को चौथो भाग आउँदो दशैंमा आउने जानकारी दिइएको छ । ‘धनगढीको बसमा ३’ आज रिलिज भए पनि समीक्षा भने नेपालमा छैनन् । कार्यक्रमको लागि उनी अहिले अष्ट्रेलिया पुगेकी छन् ।