काठमाडौं । दिवाकर भट्टराई निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘मायाबी’ को छायांकन सकिएको छ । निर्माण पक्षका अनुसार मुस्ताङ र पोखराका विभिन्न स्थानमा गरिएको चलचित्रको छायांकन पहिलो चरण र दोस्रो चरण गरी करिब २ महिनामा सकिएको हो । चलचित्रको छायांकन सकिएको अवसरमा निर्माण पक्षले केक काटेर खुसी साटेको थियो ।
शनिबार चलचित्रका मुख्य कलाकार र प्राविधिकले इन्ड क्ल्याप गरे । भट्टराईकै लेखन रहेको यस चलचित्रमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतका कलाकारको अभिनय छ ।
राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको चलचित्र क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको हो । पोखरा केन्द्रित कथा रहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्देशक भट्टराईले चलचित्रको पोस्ट प्रोडक्सनको काम सकाएपछि प्रदर्शन मिति तय गरिने जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google