
काठमाडौँ । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीले कोर्ट म्यारिज गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । २०८० असोज १९ गते आयुष र एलिजेले दुबईमा ईन्गेजमेन्ट गरेका थिए। विवाहको तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन, ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं । मिस्टर एण्ड मिसेस ।’
एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन् । यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए । सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो ।
प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google