काठमाडौं । आफ्नो ३८ वर्ष पुरानो बहुचर्चित लोकगीत 'पाईँन खबर' सहितका कालजयी गीतहरुलाई बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफ्ना ‘रिमेक’ गरेकी छन् । कोइरालाले ३८ बर्ष पुरानो लोकप्रिय गीत ‘पाइन खबर’ गीतको नयाँ म्युजिक भिडियो सहित डिजिटल बजारमा सार्वजनिक गरेकी हुन् । २०४२ सालमा कोइरालाले यसै गीतबाट औपचारिक रुपमा लोकगीतसंगीतको क्षेत्रमा पाइला चालेकी थिईन् ।
उनले हालसालै आफ्नै युटुब च्यानलबाट उक्त गीतको भिडियो सार्बजनिक गरेकी हुन् । गीतको म्युजिक भिडियोले पुरानो गीतको झल्को दिएको छ । भिडियोमा नबिन तिमिल्सिना, सगुन नेपाल, बिष्णुमाया लामिछाने, राम बहादुर कोइराला, नेत्र प्रसाद ढकाल, भवन पन्त र राजु नेपालीले अभिनय गरेका छन् । गीतमा हरिदेवी कोइराला स्वंयमको पुरानै भर्जनको स्वरलाई यथावत राखिएको छ ।
हरिदेवीका श्रीमान समेत रहेका राम बहादुर कोइराला गीतको भिडियोका निर्देशन र निर्माता हुन् । आफ्ना पुराना लोभ हुने क्रममा रहेका गीतहरुलाई पुनः दर्शक, श्रोतामाझ पुर्याउने उद्देश्यले ‘रिमेक’ गरेको हरिदेवीले बताईन् । उनले आफ्ना २१ वटा गीतको नयाँ म्युजिक भिडियो निर्माण भईसकेको र विस्तारै सार्बजनिक गर्ने उनले बताईन् ।