काठमाडौं । लोक दोहोरी गायक नरेश खातीको ‘फुर्के रिबन’ गीत सार्वजनिक भएको छ । नरेश खाती र मेलिना राईको स्वरमा रहेको ‘फुर्के रिबन’ बोलको उक्त गीत मेक्सम नरेश अफिसियल नामक युट्युब च्यालनबाट सार्वजनीक भएको छ ।
नरेश खातीकै शब्द सृजना र संगीत रहेको ‘फुर्के रिबन’को म्युजिक भिडियोमा मेक्सम खाती र दीपा शाहीको अभिनय रहेको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।