
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको ‘कुनै दिन’को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
विभिन्न चर्चित नेपाली चलचित्र र आधुनिक गीतका संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र निर्देशनमा भिडियाे बनेको छ ।
भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको गीतको भिडिओमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, सिलन लम्साललको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो ।