
काठमाडौँ । ९७औँ अस्कर अवार्डमा रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ उत्कृष्ट फिल्म घोषित भएको छ। सोमबार बिहान अमेरिकाकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजित कार्यक्रममा ‘अनोरा’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो ।
सिन बेकरको लेखन, निर्देशन र सम्पादन रहेको यस फिल्ममा एक यौनकर्मीको कथालाई समेटिएको छ । न्युयोर्कको ब्रुकलिनकी यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको बिहेमा आउने अवरोधको कथा फिल्ममा छ ।
यस्तो छ अस्कर विजेताको सूची:
उत्कृष्ट फिल्म : अनोरा
उत्कृष्ट निर्देशक : सिन बेकर (अनोरा)
उत्कृष्ट अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
उत्कृष्ट अभिनेत्री : मिकी माडिसन (अनोरा)
उत्कृष्ट सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
उत्कृष्ट सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
उत्कृष्ट सम्पादन : सिन बेकर (अनोरा)
उत्कृष्ट छायांकन : लल क्रली (द ब्रुटलिस्ट)
उत्कृष्ट एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
उत्कृष्ट मौलिक पटकथा : सिन बेकर (अनोरा)
उत्कृष्ट कस्ट्युम डिजाइन : विक्ड
उत्कृष्ट एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
उत्कृष्ट प्रोडक्सन डिजाइन : विक्ड
उत्कृष्ट ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
उत्कृष्ट डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
उत्कृष्ट डकुमेन्ट्री फिचर : नो अदर ल्यान्ड
‘एमिलिया पेरेज’बाट सहायक अभिनेत्रीमा उत्कृष्ट जोय साल्दाना
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
उत्कृष्ट ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)
उत्कृष्ट भिजुअल इफेक्ट : ड्युन पार्ट २
उत्कृष्ट साउण्ड : ड्युन पार्ट २
उत्कृष्ट लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
उत्कृष्ट मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google