काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ले विवाह गरेका छन् । हाँस्य कलाकारसमेत रहेका लम्सालको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको हाे । उनले भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग मागी विवाह गरेका हुन् ।
उनी कमेडी सिरियल सक्किगोनीका कलाकार हुन् । उनी केही समयअगाडि कमेडी सिरियल भद्रगोलमा समेत आवद्ध थिए । उनले धेरै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।