पुष्प, वर्षा र बुद्धि अभिनित ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

दर्पण दैनिक १६ माघ २०७९,१८:०९
post

काठमाडौं । पुष्प खड्का, वर्षा सिवाकोटी र बुद्धि तामाङ अभिनित सिनेमा ‘मनसँग मन’को ट्रेलर रिलिज गरिएको छ । प्रेमकथामा बनेको सिनेमा माघ २७ गतेदेखि अलनेपाल प्रदर्शनमा आउँदैछ । ट्रेलरमा पुष्प र वर्षाको प्रेम, रोमान्स र विछोड देखाइएको छ । शक्तिको अगाडि प्रेमले हार्नुपर्ने दृश्य ट्रेलरमा समेटिएका छन् ।

ट्रेलरको अन्त्यमा देखाइएको बुद्धि र वर्षाको विवाहले कथामा सस्पेन्स छोडेको छ । कैलाश राईले निर्देशन गरेको सिनेमामा महेन्द्र बागदास, चाद्नी प्रधान, शान्ते दालगायतको पनि अभिनय हेर्न पाइन्छ ।

सिनेमामा पल शाह र पूजा शर्माले अतिथि भूमिका निर्वाह गरेका छन् । उनीहरुको झलक ट्रेलरमा पनि देख्न पाइन्छ । निर्देशक राईकै लेखन रहेको सिनेमामा अर्जुन पोखरेल र आगोम गुरुङ तथा दीपक शर्माको संगीत रहेको छ । 

सन्तोष खवासको द्वन्द्व, कमल राईको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको सिनेमा अर्जुन जिसीको सम्पादन रहेको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको सिनेमा अरुण तामाङले निर्माण गरेका हुन् । https://www.youtube.com/embed/-WQwYBJEOQ4

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: