काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम समितिको आयोजना तथा सामाजिक विकास मन्त्रालय र उधोग पर्यटन तथा वातावरण मन्त्रालय पर्यटन इकाई सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठान नेपाल सुदूरपश्चिम समितिका सचिव सुर्यविरही साउदका अनुसार आउने चैत ४ गते शनिबार कैलाललीको जनपुस्तकालय धनगढीमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा आ–आफ्नो जिल्लाबाट सहभागी गराई दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम का नौवटै जिल्ला अध्यक्षलाई सचिव साउदले अनुरोध गरेका छन् ।
कार्यक्रममा सुदुरका सबै जिल्लाबाट नै छनोट भएर जिल्लाले नै सिफारिस गरेको एक जिल्लाको एक प्रतिस्पर्धि हुनेछन् । जसमा नौं जिल्लाको नौं जना चैत ४ गते प्रदेशमा एकल लोक गायनको लागी भिड्नुपर्ने छ ।
इच्छुकले आफ्नो जिल्लामा रहेको रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा सम्पर्कमा रहि छनोटमा परेर प्रदेशमा आउन र अनि प्रदेशमा विजयी भएर निम्न राशिका पुरस्कार जितेर सचिव साउले आग्रह गरेका छन् ।