
काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँ आइपुगेका छन् । अभिनेता खान आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् यहाँ आएका हुन् ।
५८ वर्षीय खानलाई पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे । खान एयरपोर्टबाट सिधै बूढानीलकण्ठतिर लागेका छन्। उनकाे निकट स्रोतका अनुसार उनले त्यहाँस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान गर्नेछन् ।
मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिएका बलिउड अभिनेता आमिरको फरक छाप र छवि छ । पछिल्लो समय लालसिंह चड्डा बक्स अफिसमा असफल भएपछि उनी अभिनयबाट टाढा छन्। तर बलिउडलाई उनले कैयौँ हिट फिल्म दिएका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर चुलिएकाे थियाे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google