काठमाडाैं । ‘बाहुबली : द बिगिनिङ’ की नायिका तमन्ना भाटिया हाल नेपालमा छिन् । उनले नेपालमा होली मनाएकी छिन् ।
नेपालमा होली मनाएको तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी छिन् । गालामा रातो रङ लगाएको पाँच वटा फोटो इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’
पर्यटन बोर्डका प्रवक्ता मनिराम लामिछानेले तमन्ना औपचारिकभन्दा पनि निजी भ्रमणमा आएको जानकारी दिए ।
तमन्ना भारतीय अभिनेत्री हुन् । उनी तेलुगु, तमिल र हिन्दी सिनेमामा सक्रिय छिन् । ८० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी विशेषतः बाहुबलीका लागि चर्चित छिन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google