लोक तथा दोहरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै खडक चन्द

खगेन्द्र हमाल ८ फाल्गुन २०७९,२१:३४
post

सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं केन्द्रीय महाधिवेशन फाल्गुन १२-१४ गते धादिङमा हुदैछ ।  लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को ८औं केन्द्रीय महाधिवेशन फागुनको १२–१४ गतेसम्म धादिङमा हुने भएकाे हाे । महाधिवेशनले आगामी ३ वर्षका लागि प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनको मिति आउन केही दिन मात्र बाँकी रहँदा लोकदोहोरी कलाकारमा चुनावी माहोल तातिँदै गएको छ । धादिङवेशीमा हुने महाधिवेशमा प्रतिष्ठानका ७७ वटा विभिन्न शाखाबाट लोकदोहोरी कलाकारहरू उपस्थित हुनेछन् ।

झण्डै १ हजार २०० महाधिवेशन प्रतिनिधिले विभिन्न पदका लागि मतदान गर्नेछन । यसै सिलसिलामा लामो समय देखि लोक संगीतमा क्षेत्रमा निरन्तर योगदान दिंदै आम कर्णालीबासीको मन जित्न सफल खडकबहादुर चन्दले पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं केन्द्रिय महाधिवेशनमा भूगोल तर्फ कर्णाली प्रदेश बाट केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी कालदेखि नै सांस्कृतिक अभियानमा संलग्न भएका खडकबहादुर चन्द २०६२/०६३ मा मालिका साँस्कृतिक संरक्षण केन्द्रकाे संस्थापक सह-सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।विद्यार्थी जीवन देखि नै गीत संगीतमा रुचि राख्ने चन्द २०६६/६७ बाट प्रतिष्ठान सुर्खेतमा आबद्ध भएका थिए । प्रतिष्ठान सुर्खेतमा आवद्ध भएर सुर्खेत जिल्ला कार्यसमिति सदस्य हुँदै जिल्ला काेषाध्यक्ष, जिल्ला सचिव र जिल्ला अध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेका छन् ।

सुर्खेतमा आयोजना गरिने विभिन्न मेला चाडपर्वमा महाेत्सवमा हुने लाेक दाेहाेरी प्रतियोगितामा सहभागी भएर विभिन्न मेला महाेत्सव, साँस्कृतिक कार्यक्रमहरुमा आयोजक तथा साझेदारकाे रुपमा सहभागी भएर महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । चन्द यति मात्रै हैन मेला महाेत्सव र साँस्कृतिक कार्यक्रममा प्रत्यक्ष सहभागी भएर सकारात्मक भुमिका निर्वाह गर्दै आएका छन् ।

चन्द सुर्खेत जिल्लाकाे पदाधिकारी र नेतृत्वमा रहंदा आफ्नै भवन निर्माण भएको थियो । भवन निर्माण गर्न सबै पक्षसंग उनको गरेकाे सहकार्य एकदमै सकारात्मक रहेको थियो । त्यसैगरी संस्थाको छात्रवृत्ति अक्षयकोष ५०५५५५ पुर्याउन सफल भएको थिए । खडकबहादुर चन्दको कार्यकालमा ३०३३३३ काे चेतन पुरी सन्तति बृत्तिकाेष स्थापना गरिएको थियो ।

चन्दले कार्यक्रम संगीत मझेरीकाे सञ्चालन गरि संस्थामा नियमित संगीत र नृत्य कक्षा सञ्चालन गर्नु भएको थियो । साँस्कृतिक पर्व विशेष कार्यक्रमहरु आयोजना गर्ने र विभिन्न सरकारी, गैरसरकारी र निजि क्षेत्र संगकाे साझेदारीमा साँस्कृतिक तथा सामाजिक गतिविधिरु सञ्चालन गर्नमा चन्दको महत्त्वपूर्ण देन रहदै आएको छ ।

त्यसैगरी विपद, प्रकाेप लगायतकाे समय र अन्य मानवीय संवेदनशीलताका सवालमा मानव सेवामा निरन्तर संलग्न हुँदै आएका चन्द समाजसेवामा पनि उत्तिकै अग्रसर छन् । कलाकारहरुकाे हकहितका सवालमा संधै अग्रपंक्तिमा आवाज उठाउन सक्षम चन्द विक्रिति र विसंगतिकाे सवालमा सधैं दृढतापुर्वक आवाज बुलन्द गराउने आँट गर्छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं महाधिवेशनमा कर्णालीबाट भूगोल उम्मेदवारका रुपमा केन्द्रय सदस्यमा आफुले उम्मेदवारी दिने तयारी गरेको उनले बताए । प्रतिष्ठानको विकास र कलाकारहरुको हकहितको संरक्षणका लागि कर्णालीबाट भूगोल केन्द्रीय सदस्य पदमा आफुले उम्मेदवारी दिने र सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुले आफुलाई सहजै  स्विकार्ने  बताए ।

उम्मेदवारी दिने बताउदै उनले लेखेका छन् 

'नेपाली लाेक साँस्कृतिक अभियानमा अनवरत रुपमा क्रियाशील संस्था राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल, सुर्खेत जिल्ला समितिमा रहेर करिब १४ वर्षकाे संस्थागत अभियान, अवसर र अनुभवहरुका साथ संस्थाकाे ८ औं केन्द्रीय महाधिवेशनमा मातृ जिल्ला सुर्खेतको सिफारिस अनुसार संस्थाकाे केन्द्रीय सदस्य (भूगोल तर्फ कर्णाली प्रदेश) पदमा उमेदवारी रहने व्यहाेरा अनुरोध गर्दै !! 
अग्रजकाे सम्मान सहित अनुजकाे प्राेत्साहन गर्न,
सभ्यताका जननी माैलिक लाेककला र संस्कृतिको उठान गर्न,
प्रतिभाहरुकाे पहिचान र प्रस्फुटन गर्न,
रीति, थिति र संस्कारकाे खाेज, अन्वेशण र जगेर्न गर्न, 
तमाम विकृति र विसंगतिका विरुद्ध बुलन्द हुन,
कलाकार र कलाकर्मीहरुकाे हक हितकाे पैरवी गर्न,
कलाकार तथा कलाकर्मीका तमाम अफ्ठ्यराहरुमा सहयात्री बन्न, 
सुसंस्कृत तथा परिस्कृत समाज निर्माणमा अग्रसर बन्न,
संस्थागत हित, विकास, उन्नयन र सुशासन कायम गर्न अनवरत रहने प्रतिबद्धता सहित,,
साथ, सहयोग र समर्थनका लागि संस्थापक ज्यूहरु, केन्द्रीय समितिका अध्यक्ष ज्यू र पदाधिकारी ज्यूहरु, संरक्षक एवम् सल्लाहकार ज्यूहरु, पुर्व पदाधिकारी ज्यूहरु, सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समित र मातहतका समिति, सम्पूर्ण जिल्ला समिति, विदेश शाखा, मानार्थ, आजिवन र साधारण सदस्य ज्यूहरु, सम्पूर्ण महाधिवेशन  प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु लगायत सबैमा हार्दिक अनुरोध गर्दछु ।'

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९