काठमाडाैं । तामाङ सेलो गायक विजय लामा र चर्चित सेलो गायिका जितु लोप्चनको आवाजमा 'देउराली री बर' बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीत डम्फु मिडिया प्रालीको अफिसियल युट्युव च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।
अमृत लामाको शब्द र संगीतमा रहेको गीतलाई सानुबाबु घिसिङले एरेन्ज गरेका छन् भने विकास लामा निर्माताको रूपमा रहेका छन् ।