काठमाडाैं । दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मेयर’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । फिल्मको शीर्ष अभिनेत्रीका रुपमा उनलाई अनुबन्धित गरिएको छ ।
फिल्ममा शीर्ष अभिनेताका रुपमा खगेन्द्र लामिछाने र अर्पण थापा यसअघि नै अनुबन्धित भइसकेका छन् । खगेन्द्रले मेयरको भूमिका निर्वाह गर्नेछन् । खगेन्द्र र वर्षाले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन् । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको राजनीतिक यात्रालाई समेटेर फिल्म निर्माण गर्न लागिएको हो । फागुन १५ देखि सर्लाहीमै फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।