काठमाडौँ । सांगीतिक सियालिटी शो भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् ।
सर्वाधिक भोट ल्याएको आधारमा सोनाली विजेता बनेकी हुन् । विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । जितपछि उनले मिहेनत फल पाएको भन्दै खुसी व्यक्त गरिन् ।
आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् । उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए । कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google