काठमाडौँ । गायिका एलिना चौहानको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ४४ हजार भिउज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न सफल भएको हो ।
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।