
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको रोहबरमा दुई देशबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।
त्यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता भएको थियो । नेपाल र कतारबीच विभिन्न पाँच विषयमा सम्झौता र समझदारी भएको छ ।
नेपालका तर्फबाट सम्झौतापत्रमा कानुन, न्याय तथा संसदिय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google